पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
शनिबार, ०२ साउन २०८३, १२ : १५
सारांश
- जल तथा मौसम विज्ञान विभागले पाल्पा, अर्घाखाँची, रुपन्देही र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
- विभागका अनुसार पछिल्लो ३ घण्टामा ती जिल्ला र आसपासका क्षेत्रमा निरन्तर मध्यम वर्षा भइरहेको छ ।
- खोलाहरूमा बहाब बढेर तटीय क्षेत्र तथा आसपासका बस्तीहरू प्रभावित हुन सक्ने भन्दै विभागले स्थानीय बासिन्दा र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रुपन्देही । जल तथा मौसम विज्ञान विभागले पाल्पा, अर्घाखाँची, रुपन्देही र त्यस आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार बिहान ११:५० बजे एक विशेष बुलेटिन जारी गर्दै विभागले उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना औँल्याएको हो ।
विभागका अनुसार पछिल्लो ३ घण्टामा ती जिल्ला र आसपासका क्षेत्रमा निरन्तर मध्यम वर्षा भइरहेको छ । पानी पर्ने क्रम अझै जारी रहने देखिएकाले ती क्षेत्र भएर बग्ने स-साना खोलाहरूमा पानीको बहाब बढ्ने जोखिम रहेको विभागले जनाएको छ ।
खोलाहरूमा बहाब बढेर तटीय क्षेत्र तथा आसपासका बस्तीहरू प्रभावित हुन सक्ने भन्दै विभागले स्थानीय बासिन्दा र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण