गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो ।
“राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।”
कार्यालयका अनुसार आव २०८१/८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०/८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । साथै जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण