शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द

शनिबार, ०२ साउन २०८३, २१ : ३७
शनिबार, ०२ साउन २०८३

सारांश

  • अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
  • धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ।
  • यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना गरेको छ।

काठमाडौँ । अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ। यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना समेत गरेको छ।

प्रशासनले आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र ९डीईओसी० को १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

747669322_1785184885972578_6003372859123796002_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप