बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
सारांश
- बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई सरकारबाट राजीनामा दिएर बाहिरिन निर्देशन दिइएको छ ।
- कांग्रेस र एमालेबीच सत्ता गठबन्धनमा दरार पैदा भएपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले राजीनामाको निर्देशन दिएका हुन् ।
- बागमती सरकारमा एमालेका ६ जना मन्त्रीहरू रहेका छन्, जसमा ३ जना विभागीय र ३ जना बिना विभागीय मन्त्री छन् ।
मकवानपुर । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाई छ ।
'अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो । प्रस्तुत अवस्थामा एमाले गठबन्धनमा जबरजस्त बसिरहन नपर्ने निष्कर्ष सहित मन्त्री मन्त्रीहरूलाई निर्देशन दिएको हो' उनले भने ।
बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ गतेबाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रूपमा राखेका छन् ।
बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण