शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीमा  कोरोना संक्रमित  दुई जनाको मृत्यु

आइतबार, १२ वैशाख २०७८, ११ : ५०
आइतबार, १२ वैशाख २०७८

भारतबाट  घर आउँदै  गरेका  गुल्मीका एक जना  पुरुषको  बीच बाटोमै र  अर्का एक  जनाको  घर आएको एक हप्ता  नबित्दै  कोरोना  संक्रमणबाट मृत्यु  भएको छ ।

धुर्कोट गाउँपालिका २  पिपलधाराका  ४२ वर्षीय पुरुषको भारतबाट घर  आउँदै गर्दा  भैरहवाको  क्वारेन्टाइनमा  र  छत्रकोट गाउँपालिका  ३ हर्दिनेटाका  ४५ वर्षीय  पुरुषको गएराति  होम क्वारेन्टाइनमा  ज्यान  गएको स्वास्थ्य कार्यालय  कोभिड  १९ का  फोकल पर्शन  गोपाल कार्कीले  जानकारी दिए  । उनीहरुमा गत  बिहिबार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको  जनाइएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप