बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक​को नाफा बढ्यो, तेस्रो त्रयमासमा ३ अर्ब खुद मुनाफा आर्जन

बुधबार, १५ वैशाख २०७८, ११ : ५८
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमासमा नाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रयमासको वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी ३४.८७ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २१.५२ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । 

बैंकले तेस्रो त्रयमाससम्ममा कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २६० अर्ब पु¥याउन सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६०५ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४.२१ प्रतिशतको हिस्सा रहेको छ । साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (९५ अर्व) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २८६ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ४२७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८.१८ प्रतिशत रहेको छ । 

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ । गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निश्कृय कर्जालाई यस तेस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा घटाउन सफल भएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.१५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्ने बैंकले जनाएको छ । साथै बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९२.७१ प्रतिशत रहेको छ । जुन बैंकिङ्ग क्षेत्रहरू मध्ये उत्कृष्टमा पर्छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको पनी जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप