कर्णालीमा थप दुई संक्रमितको मृत्यु
सुर्खेत । पछिल्लो केही दिन यता कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
आज पनि थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुर्खेत र एक जना सल्यानका गरी दुई जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले जानकारी दिए ।
उनका अनुसार ति पुरुष पुरूषको बैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा राखेर उपचार भैरहेको थियो ।
यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै उनको मृत्यु भएको हो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-
सिसी क्यामेराको निगरानीमा भरतपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण