चितवनमा काँग्रेसका दशहजार नयाँ क्रियाशील सदस्य थपिए
बिहीबार, १६ वैशाख २०७८, १४ : १४
चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।
काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले जानकारी दिए।
गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण