बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

“चोकोफन बाल–बाटिका”उद्घाटन

शुक्रबार, २७ असोज २०७४, १६ : ४३
शुक्रबार, २७ असोज २०७४

काठमाडौँ । सुजल फूड्स प्रा.लिद्वारा बाल संरक्षण गृह, बाल मन्दिरको शाखा, सिफल, काठमाडौंमा एक समारोहका बीच “चोकोफन बाल–बाटिका” नामक खेलमैदान उद्घाटन गरिएको छ । 

बाल संरक्षण गृह मा आश्रित बाल–बालिकाहरुलाई खुशी र मुस्कान बाँड्न कम्पनीले यसको निर्माण गरेको बताएको छ ।

“चोकोफन बाल–बाटिका” बाल संरक्षण गृह हाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । 

यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी–च्याउ र पिङ् खेलमैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । 

खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । 

खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनि बाल–बालिकाहरुको सुरक्षा मैत्री होस् भनेर विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप