कर्णालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
बिहीबार, १६ वैशाख २०७८, १५ : १७
कर्णालीमा कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो ।
कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ ।
यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण