गायक प्रकाश सपूतलाई कोरोना संक्रमण
काठमाडौंँ । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परिक्षणमा उनको रिपोट पोजेटिभ आएको हो ।
सपूतले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘अन्ततः काठमाडौँ मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला ।’
एकदमै धेरै शरीर दुख्ने–गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटी महसुस भएपछि आफूले पीसीआर टेस्ट गराएको जानकारी दिएका सपूत अहिले होम आइसोलेशनमा छन् ।
आफ्नो अवस्था सामान्य रहेको बताएका सपूतले अगाडि लेखेका छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राखौँ । तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण