बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द
बाँके । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।
आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताए । उनका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिक बाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।
ओपिडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ । चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपिडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण