मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु : किसानको सारथी सारस

शनिबार, २८ असोज २०७४, ०९ : ३०
शनिबार, २८ असोज २०७४

कपिलवस्तु - सबैभन्दा बढी सारस पाइने जिल्लाको रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन् केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पंक्षी सारसले यहाँ आफ्नो प्रजनन् केन्द्र बनाउन थालेको हो ।

संख्या बढ्यो
पछिल्लो तथ्याङक अनुसार नेपालमा रहेका चार सयमध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै दुई सय पचास भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजनन्को केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउ छाउमा केही वर्ष यता सारस आउने क्रम बढ्दै गएको स्थानियको भनाई छ । आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनिहरुकोे भनाइ छ  ।

व्यस्त सारस
उड्न सक्ने चराहरुमध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछन् ।
कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेत लगायतका स्थानमा ओथारो बसेका छन् ।

ओथारो 
सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपातहरू राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिन भित्रमा बच्चा जन्माउने चराविद् डा.हेमसागर बरालले जानकारी दिए ।

फाइदा र विश्वास
सारस बस्ने ठाउँ वरिपरि सर्पले टोक्ने डर नहुने र बालीलाई नोक्सान पुयाउने शंखेलगायतका किरालाई खाने हुँदा बाली सप्रन सहयोग पुग्ने भएकाले समेत किसानको सारथीको रुपमा लिने गरिन्छ । सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने जन विश्वास छ ।

करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षण गरेको ९ वटा पन्छी प्रजातिमध्ये एक हो । नेपालको कानुनअनुसार संरक्षित चरा मानिने सारसले बच्चा चराएको र बसेको ठाउँ भने असुक्षित देखिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप