‘द कपिल शर्मा शो’ फेम सुगन्धाले गरिन् विवाह
मुम्बई । ‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो ।
सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् । भिडियोमा सुगन्धा र संकेत एक अर्काेलाई वरमाला लगाउँदै गरेको देख्न सकिन्छ । वरमालापछि सुगन्धाको हात संकेतले चुमेका छन् । लुक्सको कुरा गर्ने हो भने सुगन्धा क्रिम कलरको लेहङ्गामा निकै प्यारी देखिएकी छन् । लेहङ्गाको साथ उनले पिंक दोपट्टा समेत लगाएकी छन् । बेहुलीको भेषमा उनले रातो चुरा, मेहन्दी र भारी गहना समेत लगाएकी छन् ।
संकेतले भने लाइट ग्रीन कलरको शेरवानी र क्रिम कलरको पगडी लगाएका छन् ।
यी दुबैको भेट पहिलो पटक दुवईमा एक कमेडी शो सुटिङको दौरानमा भएको थियो । सोही समय साथी भएका उनीहरुलाई एकसाथ काम गर्ने मौका समेत मिलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण