अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड
मङ्गलबार, २१ वैशाख २०७८, १४ : ०३
कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ ।
बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पणी गरेकी थिइन् । कंगनाले एक भिडियो पनि सेयर गरेकी थिइन् जस अनुसार टीएमसी चुनावपछि बिजेपी पार्टीका महिलामाथि कुटपिट गरियो । कंगनाको यी ट्वीटपछि प्रयोगकर्ताले उनलाई भन्न सम्म भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण