बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

झण्डै ३ लाखसहित ६ जना जुवाडे जुवाखालबाट पक्राउ

शनिबार, २८ असोज २०७४, २१ : ०४
शनिबार, २८ असोज २०७४

किरण श्रेष्ठ

तनहुँ– तनहुँको व्यास नगरपालिका वडा नं ४ स्थित एक होटलको जुवाखालबाट प्रहरीले झण्डै तीन लाख नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । 
गोप्य रुपमा जुवा तास खेलिरहेको खालबाट ठूलो परिणामको नगदसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

व्यास नगरपालिका वडा नं ४ स्थित गण्डकी रिभर भ्यु होटल एण्ड लजको कोठामा लुकिछिपी जुवा तास खेलेको सूचना पाएपछि प्रहरीले होटलमा छापा मारेको थियो ।  
प्रहरीले दिएको जानकारी अनुसार जुवाखाल बाट नगद २ लाख ८४ हजार ३ सय ७० रुपैयाँ, तास ५२ पत्ती, चकटी ५ थान र दरी १ थान समेत बरामद गरेको छ । 

जुवा खालबाट पक्राउ पर्नेहरुमा व्यास ४ बस्ने होटल संञ्चालक जुवा खेलाउने वर्ष ६१ का प्रकाश श्रेष्ठ, व्यास ११ निवासी वर्ष ६१ का विकास भट्टराई, व्यास ३ बस्ने वर्ष ५२ का रुद्र श्रेष्ठ, व्यास ४ बस्ने  वर्ष ६३ का राम बहादुर थापा, व्यास ४ निवासी वर्ष ४७ का टिका सापकोटा र व्यास ४ निवासी वर्ष ३९ का ध्रुव न्यौपाने रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई आइतबार जुवा ऐन २०२० अन्तरगत कानुनी कारवाही प्रक्रियाअघि बढाइने तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले बताए । 
तिहारकाबेला जुवा तास खेल्ने सम्भावित क्षेत्रहरुमा तनहुँ प्रहरीले कडाई गर्न थालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप