काबुलमा विद्यालय बाहिर कार बम बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु
काबुल । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीनवटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त विस्फोटमा अरु १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा विस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम विस्फोटजस्तो देखिएको बताए । अन्य दुई वटा विस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए । विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाई छ ।
अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । उनले घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण