बाम एकताका नाममा दास बन्न सकिँदैन
नरेन्द्रनाथ योगी
२००६ मा स्थापना भएका नेपाली कम्युनिस्टहरू क्षणिक स्वार्थमा फुट र जुटको आरोह अवरोह गरिरहेका थिए । यही प्रक्रियामा २०७४ असाज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल, बीच ६८ वर्षपछि पुनः धुव्रीकरण र एकताको प्रक्रियामा जुटने प्रारम्भिक चरणमा उभिएका छन् । यो कसरी भयो, किन भयो ? केका लागि भयो ? यो विषय राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कुतूहलको विषय बन्न थालेको छ । नेपालको दक्षिण सिमानामा जोडिएको छिमेकी राष्ट्र भारतको दक्षिपन्थी सोचका नेता, पार्टी र सरकारको नेतृत्व गरिरहेका नरेन्द्र मोदी सरकारको टाउको दुखाइको विषय बनेको छ । त्यति मात्रै होइन, यथास्थितिमै रमाउने, नेपाल, नेपाली जनता र सहिदको बलिदानलाई यथास्थितिमै सीमितीकरण गरेर ब्याज खाइरहने नेपालभित्रको केही शासक राजनीतिक शक्तिहरूलाई २०७४ साल असाज १७ सुरु भएको बृहत् बामपन्थी कम्युनिस्ट एकताले तिलमिलाएर यसलाई कसरी भाँड्न सकिन्छ भनेर नेपालका यथास्थितिवादीदेखि दिल्ली, युरोपियन युनियन र वासिङटनडिसीसम्मको टावर गडबडीमा परेको छ । नेपाल कम्युनिस्ट पार्टीका विश्लेषक डाक्टर सुरेन्द्र केसीले यो बाम एकतालाई आँखा चिम्लेर अवाञ्छित र अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । उनको विश्लेषण सकारात्मकभन्दा नकारात्मक भावनाले प्रेरित छ ।
नेपालका प्रद्यानमन्त्री श्री शेरबहादुर देउवाले यो तीन दलीय एकतालाई सफल हुन नदिने कसम खाएको सामाजिक सञ्जालमा आएका छन् । नेपालमा कम्युनिस्ट एकता भएमा यी यथास्थितिवादी शक्तिहरू रमाउने दिन सकिन थालेका छन् । अनि जुटको वातावरणलाई फुटको खेलमा परिणत गर्न यथास्थितिवादी शक्तिहरू न्वारनदेखिको बल लगाउन वासिङटनडिसी र दिल्ली दरबारसम्म हारगुहार गर्न थालेका छन् । अब नेपालमा दुई फरक खेमामा रहेका उदारपुँजीवादी–पुँजीवादी धार र कम्युनिस्ट समाजवादी—साम्यवादी धारबीच नजिकै हुन थालेको प्रदेश तथा सङ्घका निर्वाचनको तालमेलले पनि बाम कम्युनिस्ट एकतालाई परीक्षण गर्ने छ । यो एतिहासिक प्रारम्भलाई नेपाली जनताले खुशीको क्षणको रूपमा स्वागत गरेका छन् । तर यो खुशीको क्षणलाई दीर्घजीवी र अझै सुखद्को क्षणमा परिणत गर्नुपर्ने ठूलो जिम्मेवारी र त्याग शीर्ष सहयात्री तीन दल एमाले, माके र नयाँ शक्ति पार्टीको काँधमा आएको छ । ६८ वर्षको अवधिमा बाम कम्युनिस्ट आन्दोलनहरू दुखद् रूपमा बिते । २०७४ असोज १७ को तीन पार्टीको संयुक्त प्रेस—विज्ञप्तीले वास्तविक रूपमा कम्युनिस्ट एकता चाहनेहरूका लागि दीर्धकालीन सुखदको अनुभूति गराएको छ । तर क्षणिक स्वार्थ र नाफाका लागि एकताको कार्ड रचेर एकताको नाममा नेपाली जनताको भोट मात्रै बटुल्ने नाटक मञ्चन हो भने कृपाया यस्तो सकुनी नाटक नर्गनुहोस् । यो अभियान आफैमा अन्त्यन्त सकारात्मक भए पनि नेतहरूको क्षणिक स्वार्थले घटनाले भोलि सार्थकता पाएन भने सबैभन्दा दुखद कम्युनिस्टहरूका लागि यो हुनेछ । यो सुख र उत्साहको अनुभूति दुखद् विमतिमा नेताहरूको स्वार्थले परिणत नगराओस् भन्ने नेपाली जनताको वास्तविक चाहना छ ।
विश्व राजनीतिमा बाम कम्युनिस्ट समाजवादी तथा साम्यावादी र पुँजीवादी दुई खेमाबीच आर्थिक, सामाजिक र राजनीतिक वैचारिक युद्ध वा आइडिओलाजिकल वार भइरहेका अवस्था हो । यो वैचारिक युद्ध देश, काल, परिस्थिति र आवश्यकताअनुसार कम र बढी भइरहन्छ । तर विश्वको राजनीतिक परिस्थिति भूमण्डलीकरण भएको छ । ग्लोबलाइजेसनको समयमा विश्व कैयौँ राजनीतिक मोडेल वा पद्धति हिजोको ट्रेन्डमा चल्न सक्ने अवस्था छैन । यो अवस्थामा रूप पक्षमा विकास वा परिमार्जन वा पुनः व्याख्या गर्नु आवश्यक छ । तर दर्शन वा सिद्धान्तको सार तत्व वा मुख्य तत्व वा गुण भनौँ या नियमलाई नछाडी खेले खुल्नुपर्ने बाध्यता बाम कुम्युनिस्टहरूको काँधमा आएको छ । काम गर्ने, कार्य योजना बनाउने र लागू गर्ने क्रममा बाम कम्युनिस्टहरूले माक्र्सवादको द्वन्द्वात्मक एतिहासिक भौतिकवादको रूपान्तरण वा निरन्तर परिवर्तनको नियम वा अग्रगामी रूपान्तरणलाई विर्सने हुन भने त्यसको कुनै अर्थ हुँदैन । यो एकता प्रक्रिया कालेकाले मिलेर खाउँ भाँले नहोस् । निश्चित रूपमा माक्र्सवादी दर्शनमा आजको युग र परिस्थितिअनुसार यसमा थप विकास, परिमार्जन र व्याख्या गर्दा द्वन्द्वात्मक भौतिकवादको नियमका आधारमा गनुपर्छ । यसको मूल मर्मलाई नबिर्सी युग, परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्नै पर्छ । नत्र परिवर्तनको नियम र जनताको आत्मगत र वस्तुगत अवस्थालाई बेवास्ता गरेको ठहरिन्छ । विज्ञान जडसूत्रवाद हुन सक्दैन । यसलाई परिस्थिति, आवश्यकता र जनताका माग मुताविक लागू गर्न सकिन्छ । कहिले आवश्यकतालाई मात्रै बढी ध्यान दिँदा उग्रपन्थी हुन पुग्न सम्भावना हुन्छ । अनि परिस्थितिलाई बुझ्न नसक्दा दक्षिणपन्थी भइने सम्भावना हुन्छ । त्यसैले आवश्यकता र परिस्थितिबीचको सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । यी दुवै पहुलको सन्तुलन खाज्ने र कार्यान्वयनमा लैजानको लागि दुरदर्शी नेता वा नेतृत्व अतिआवश्यक छ । त्यस्तो नेतृत्व र नेता तपाईंहामी बीचबाटै खोजिनुपर्छ, नकि बाहिरबाट आयत गर्न सकिन्छ ।
२०७४ असोज १७ गतेको बाम कम्युनिस्ट एकता प्रक्रियाको सुरुवात नेपाली जनताको चाहाना र अहिलेको आवश्यकताअनुसार भएकाले बहुमत शोषित पीडित जनता खुशी देखिन्छन् । तर यो बाम एकता प्रयोजित ढङ्गले दलका कुनै शीर्ष नेताहरूको राजनीतिक स्वार्थ र विदेशी शक्तिको खेलमा भएको हो भने निश्चित रूपमा यसले नेपाली बाम कम्युनिस्टहरूको लागि ठूलो धोका हुन जानेछ । यसलाई त्यस हुन दिनु हुँदैन र गरिनु हँुदैन । क्षणिक राजनीतिक स्वार्थ र विदेशीको चलखेललाई उल्टोपाल्टो हुने गरी यो एकताको नाटक रचिएको हो भने यो आजकै मितिबाट आवश्यक छैन । यस विषयमा गम्भीर हुन यसका सहयात्री तलदेखि माथिसम्मका इमानदार नेता तथा कार्यकर्ताहरूलाई यो पक्तिकारको अनुरोध छ ।
निश्चित रूपमा पुँजीवादी र समाजवादी–साम्यवादी खेमा बीच विश्वकै राजनीतिक इतिहासमा दीर्धकालीन रूपमा सम्झौता स्थायी भएको पाइँदैन र सम्भव पनि छैन । सामन्तवादको विरोधमा, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, लोकतन्त्र बहाली र त्यसको रक्षाको एवम् नागरिक स्वतन्त्रताको सवालमा खतरा उत्पन्न भएको अवस्थामा त्यसको रक्षाका लागि सामन्तवादीहरूको तुलनामा उदार पुँजीवादी–पुँजीवादी शक्तिहरूसँग अस्थायी सम्झौता वा सहकार्य हुने गर्छ । जस्तो नेपालमा २००७ सालमा जहानिया राणाशसनको अन्त्यको गर्ने अवस्थामा ती उदारवादीहरूसँग मात्र होइन, देशभक्त र राष्ट्रियता स्वतन्त्रता रक्षा, लोकतन्त्र र स्वाधनता चाहने शक्तिसँग समेत सहकार्य गरेर राणा शाही अन्त्य भएको छ । त्यस्तै एकात्मक शासन सत्ता अत्य र लोकतान्त्रिक, गणतन्त्र बहालीका लागि २०४६ र २०६२–६३ को जनआन्दोलन–२ मा उदार पुँुजीवादी र पुँजीवादी लोकतन्त्रवादीसँग आन्दोलनलाई साझा मुुद्दा बनाएर गएको इतिहास साक्षी छ । तर जनगणतन्त्र, समाजवाद–साम्यवाद स्थापनाका मुद्दाहरूमा यी उदारपुँजीवादी र पुँजीवादीसँगै जानसक्ने अवस्था हँुदैन । त्यसैले २०७४ असोज १७ गते भएको बा कम्युनिस्ट एकताको पहिलो प्रक्रिया अन्त्यतै सकारात्मक र स्वागतयोग्य छ । यसलाई अगाडि बढाउन अस्थायी र क्षणिक स्वार्थपरक मुद्दाभन्दा पनि मुलुकमा दिगो राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका लागि राजनीतिक मुद्दाका आधारमा सार्थक बनाउन सकिन्छ । यस विषयमा बाम कम्युनिस्ट एकताका सम्पूर्ण पक्षधरहरू अतिगम्भीर र सचेत हुनु आवश्यक छ । यो एकता प्रक्रियाको अन्तरमनमा प्रवेश गरेर यसलाई सफल बनाउनेतर्फ लाग्नुपर्छ । बाह्य मनमा दौडेर यसलाई निकर्षमा पुर्याउन सकिँदैन ।
६८ वर्षपछि नेपालमा मूल धारमा रहेका तर क्षणिक र अस्थायी राजनीतिक स्वार्थका लागि फुटेका बाम कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरणको प्रारम्भिक अभियानले नेपाली कम्युनिस्ट आन्दोलनले नयाँ मोड लिन थालेको छ । फेरि पनि शीर्ष नेताहरूको आफ्नो मनागत महत्वाकाङ्क्षी प्र्रवृत्तिले काम गरेमा यो एकता अभियान सिसाको घरझैँ फुट्नेछ । त्यसो नहोस्, शक्ति सन्तुलन, सहअस्तित्व सबैको रहने गरी भूमिका र व्यक्तित्वको आधारमा चुनावी तालमेल होस । महत्वाकाङ्क्षी र एकले अर्कालाई नसिध्याउने प्रकारले चुनावी तालमेल होस । शत्रुलाई हसाउने र मित्रलाई रुवाउने काम नगरियोस भन्ने पङ्क्तिकारको गठबन्धनका शीर्ष नेतालाई अनुराध छ । यो गठबन्धनबाट एउटा पक्ष कुनै कारणले बाहिरिएमा गठबन्धनप्रति जनताको विश्वास टुनेछ ।
२६ वर्षीय संसदीय विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा पूर्ण व्यवस्थापिका संसदको निर्वाचन पद्धति, जनताद्वारा प्रत्यक्ष चुनिएको कार्यकारी ५ वर्षीय राष्ट्रपतीय साशन व्यवस्था, भ्रष्टाचारले थिलथिलो भएर मुलुकले ठूलो आर्थिक भार खेपिरहने अवस्थाको नियन्त्रण, दिगो राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धि गर्दै जनचाहनाअनुसारको समाजवादको स्थापना जस्ता राजनीतिक साझा मुद्दालाई कार्यान्वयन गर्ने मूलभूत उद्देश्य बोकेर बाम कम्युनिस्ट एकताको अभियान आफैमा महत्वपूर्ण, आजको आवश्यकता र जनचाहना अनुरूप छ । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक माहोललाई कतै उत्साहित बनाएको छ भने यो एकता नहोस भन्नेहरूको लागि फलामको चिउरा सावित भएको छ । यसलाई निर्णायक विन्दुमा पुर्याउन सबैभन्दा बढी त्याग र अभिभावकको भूमिका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले खेल्नुपर्छ । नयाँ शक्तिका शीर्ष नेताहरूले तत्कालीन आवश्यकताको पक्षका वातावरण सृर्जना गर्दै जानु आवश्यक छ । नेताहरूमा न्याउरी मारी पछुतो पनि नहोस् । यो एकता प्रक्रिया नेताहरूको लागि नभई सिङ्गो नेपाली जनता र मुलुकको स्वाधीनता, स्वतन्त्रता, बृहत प्रगतिशील राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षा र त्यसको समृद्धिको पक्षमा रहेकाले आम स्वतन्त्रता प्रेमी नेपालीले यसको पक्षमा माहोल बनाउनु आवश्यक छ । फेरि पनि नरहे बासुरी, नरहे आँप जस्ता व्यवहार एकता प्रक्रियाका सूत्राधार शीर्ष नेताहरूबाट नहोस् । यही नै पङ्क्तिकारको तर्फबाट सुझाव छ । एकताको खोलले मात्रै नेपाली जनता र नेपालको हित हुँदैन । त्यसैले यो बाम कम्युनिस्ट एकताको प्रारम्भिक चरणमा भएको सहमति र चुनावी तालमेलको सहमतिलाई व्यवहारमा कार्यान्वयन गरियोस् । फगतमा कसैलाई अपमान र कसैलाई तालुकदार गर्ने व्यवहार नहोस । मुखमा राम राम बगालीमा छुरा गर्ने हठले यो कालान्तर आफैलाई आत्मघाती बन्न सक्छ ।
लेखक : नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण