रातो मच्छिन्द्रनाथको रथारोहण, १७ तस्बिरमा हेर्नुहोस्
ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण) छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार आज रथारोहण गरिएको हो ।
लोकेश्वर समेत भनिने रातो मछिन्द्रनाथको मुर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरु भएको मानिन्छ । नेपालमा मनाइने जात्रा मध्येको लामो जात्रा मानिने मछिन्द्रनाथको जात्रा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सांकेतिक हुनेछ । काठमाडौँ उपत्यकामा फैलिँदै गइरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको मापदण्ड अपनाउँदै मछिन्द्रनाथको रथ तयार गरिएको छ ।

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ ।
त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ । जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण