इजरायली र प्यालेस्टिनीबीचको लडाईं अन्त्यका लागि समय लाग्छ : इजरायली प्रधानमन्त्री
एजेन्सी । गाजाका हमास नेतृत्वसँगको लडाई अन्त्यका लागि ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार बताएका छन् । उनले भने, ‘गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।’
उनले स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बीचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको बताए । “सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ” उनले भने ।
विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेष्टिनी र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजार बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सयभन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।
प्यालेष्टनी लडाकू समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण