स्वास्थ्यकर्मीसहित गृहजिल्ला पुगे माओवादी प्रवक्ता
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमण बढ्दै गएको भन्दै नागरिकलाई सहयोग गर्ने उद्देश्यले सोमबार स्वास्थ्यकर्मीको टोलीसहित गृहजिल्ला गोरखा पुगेका छन् । जिल्लाको विभिन्न ठाउँहरुमा कोभिड संक्रमण विस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थितिमा आफू गोरखा आएको उनको भनाइ छ ।
चिकित्सक ,ल्याब टेक्निसियन र अन्य केही स्वयंसेवकको टोली सहित जिल्ला आएको बताउँदै उनले टोलीले केही लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामीसँग घनिभूत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट गर्ने, बिरामीहरुको परीक्षण गर्ने, आवश्यक परामर्श एव्ं तत्काल सम्भव हुने औषधी दिने काम गर्ने श्रेष्ठले बताए ।
यस्तै स्वास्थ्य संस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रीत छलफल समेत जिल्ला बसाइका क्रममा गरिने श्रेष्ठले बताए । यसअघि गृहजिल्ला जाँदा सिसिएमसीको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसँगको सामूहिक छलफल र गोरखा अस्पतालको स्थितिबारे जानकारी लिएको स्मरण गर्दै उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पतालसहित जिल्ला जनस्वास्थ्य कार्यालयलाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराइसकिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण