मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीसहित गृहजिल्ला पुगे माओवादी प्रवक्ता

सोमबार, ०३ जेठ २०७८, २२ : २६
सोमबार, ०३ जेठ २०७८

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमण बढ्दै गएको भन्दै नागरिकलाई सहयोग गर्ने उद्देश्यले सोमबार  स्वास्थ्यकर्मीको टोलीसहित गृहजिल्ला गोरखा पुगेका छन् ।  जिल्लाको विभिन्न ठाउँहरुमा कोभिड संक्रमण  विस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थितिमा आफू गोरखा आएको उनको भनाइ छ ।

चिकित्सक ,ल्याब टेक्निसियन र अन्य केही स्वयंसेवकको टोली सहित जिल्ला आएको बताउँदै उनले  टोलीले केही लक्षण देखापरी शंकास्पद रहेका र  कोभिड बिरामीसँग घनिभूत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट  गर्ने, बिरामीहरुको परीक्षण गर्ने, आवश्यक परामर्श एव्ं तत्काल सम्भव हुने औषधी दिने काम गर्ने श्रेष्ठले बताए । 

यस्तै स्वास्थ्य संस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानीय  सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रीत छलफल समेत जिल्ला बसाइका क्रममा गरिने श्रेष्ठले बताए ।  यसअघि गृहजिल्ला जाँदा सिसिएमसीको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसँगको सामूहिक छलफल र गोरखा अस्पतालको स्थितिबारे जानकारी लिएको स्मरण गर्दै उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पतालसहित जिल्ला जनस्वास्थ्य कार्यालयलाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराइसकिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप