बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारीको मूल्य आकासियो, उपभोक्ता मारमा

सोमबार, ३० असोज २०७४, १० : ५३
सोमबार, ३० असोज २०७४

कपिलवस्तु–यहाँका बजारमा अहिले तरकारीको मूल्य आकासिएको छ । जिल्लाको तौलिहवा , कृष्णनगर, जितपुर, चन्द्रौटा लगायत मुख्य बजारहरुमा विगत एक महिनादेखि बढेको तरकारीको भाउ अहिले झनै वृद्धि भएको उपभोक्ताहरुले बताएका छन् ।

भदौ महिना लागेदेखि पानी बढि परेका कारण उत्पादन राम्रो नहुँदा तरकारीको भाउ झनै बढेको हो । लामो समयसम्म्म तरकारीको भाउ महङगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।
उता ब्यापारीहरु भने जिल्लामा तरकारी उत्पादन कम हुँदा बाहिरबाट ल्याउनु परेकाले  महङगोमा बेच्न बाध्य भएको बताउँछन् ।  


बजारमा अहिले वोडी,सिमि,टमाटर,गोभीमा सबैभन्दा बढि मुल्य मृद्धि भएको छ । प्रतिकिलो आलु २०,टमाटर ६०, गोभी र परवर ८० देखि सय, १० रुपैया पर्ने लौका ४० त्यस्तै बोडी एक सय २० ,लौरे सिमी १ सय ६० रुपियाँ सम्म रहेको छ ।
जिल्लाका बिभिन्न स्थानमा लगाइएको तरकारीहरु बर्षाले पानी जमेर बोटहरु मरेपछि तरकारीको अभाव भएको र त्यही अभावले गर्दा मुल्य बढेको हथौसाका किसान मैनकली अर्यालले बताइन् । 

अन्य सयममा जिल्ला बाहिर निकासी हुने तथा सीमीत मात्रामा मात्र अन्य जिल्लाबाट तरकारी आउने गरेकोमा अहिले बुटवलबाट तरकारी भित्रिरहेको उनले बताइन् । 
जिल्ला कृषि कार्यालयले जिल्लामा तरकारी उत्पादन कम भएकाले मुल्य वृद्र्धि भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप