तरकारीको मूल्य आकासियो, उपभोक्ता मारमा
कपिलवस्तु–यहाँका बजारमा अहिले तरकारीको मूल्य आकासिएको छ । जिल्लाको तौलिहवा , कृष्णनगर, जितपुर, चन्द्रौटा लगायत मुख्य बजारहरुमा विगत एक महिनादेखि बढेको तरकारीको भाउ अहिले झनै वृद्धि भएको उपभोक्ताहरुले बताएका छन् ।
भदौ महिना लागेदेखि पानी बढि परेका कारण उत्पादन राम्रो नहुँदा तरकारीको भाउ झनै बढेको हो । लामो समयसम्म्म तरकारीको भाउ महङगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।
उता ब्यापारीहरु भने जिल्लामा तरकारी उत्पादन कम हुँदा बाहिरबाट ल्याउनु परेकाले महङगोमा बेच्न बाध्य भएको बताउँछन् ।
बजारमा अहिले वोडी,सिमि,टमाटर,गोभीमा सबैभन्दा बढि मुल्य मृद्धि भएको छ । प्रतिकिलो आलु २०,टमाटर ६०, गोभी र परवर ८० देखि सय, १० रुपैया पर्ने लौका ४० त्यस्तै बोडी एक सय २० ,लौरे सिमी १ सय ६० रुपियाँ सम्म रहेको छ ।
जिल्लाका बिभिन्न स्थानमा लगाइएको तरकारीहरु बर्षाले पानी जमेर बोटहरु मरेपछि तरकारीको अभाव भएको र त्यही अभावले गर्दा मुल्य बढेको हथौसाका किसान मैनकली अर्यालले बताइन् ।
अन्य सयममा जिल्ला बाहिर निकासी हुने तथा सीमीत मात्रामा मात्र अन्य जिल्लाबाट तरकारी आउने गरेकोमा अहिले बुटवलबाट तरकारी भित्रिरहेको उनले बताइन् ।
जिल्ला कृषि कार्यालयले जिल्लामा तरकारी उत्पादन कम भएकाले मुल्य वृद्र्धि भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण