इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– यो पटक हमासलाई निकै ठुलो धक्का लाग्यो
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई निकै ठूलो धक्का लागेको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुले गाजामा प्यालेस्टाइनी कट्टरपन्थीहरु विरुद्धको अभियानप्रति आफ्नो सरकारको प्रतिबद्धता समेत दोहोर्याए । मंगलबार एक हवाई अड्डामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले भने, ‘इजरायल आफ्नो नागरिकका लागि शान्ति पुनःस्थापना गर्न आवश्यक पर्दासम्म हवाई हमला गरिरहनेछ ।’
उनले यो पटक हमासलाई निकै ठुलो झड्का लागेको दाबी गरे । उनीहरुले यो अवस्था आउँछ भन्ने नसोचेको बताउँदै नेतन्याहुले हमासहरुलाई धेरै वर्ष पछि धकिलिने गरी झड्का लागेको बताए । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । त्यसयता भएका दुईतर्फी आक्रमणमा २ सय बढी प्यालेस्टाइनी मारिएका छन् भने इजरायलतर्फ ६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण