४ प्रतिशत आर्थिक वृद्धि कठिन
कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको थियो ।
निरन्तर निषेधाज्ञा हुन थालेपछि राष्ट्र बैंकले मौद्रिक नीति त्रैमासिक समीक्षामार्फत ४ प्रतिशत आर्थिक वृद्धि कठिन हुने संकेत दिएको हो ।
यो विश्व अर्थतन्त्रको औसतभन्दा निकै कम हो । विकसितलगायत धेरै देशमा कोभिडविरुद्ध खोप सुरु भएको र आर्थिक पुनरुत्थानका लागि खुकुलो वित्त एवं मौद्रिक नीति अवलम्बन गरिएको छ । यही कारण विश्व अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको राष्ट्र बैंकले जनाएको छ ।
सन् २०२० मा ३.३ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतसम्मले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । मुद्रा कोष र अन्य विकास साझेदार संस्थाले नेपालको आर्थिक पुनरुत्थान बाँकी विश्वको तुलनामा कम्तीमा एक वर्ष ढिला हुने प्रक्षेपण गरेका थिए ।
चालू वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै उसले सो आँकलन गरेको हो ।
सामाजिक दूरी मापदण्ड खुकुलो र अनुकूल मनसुन अपेक्षासहित आर्थिक वर्ष २०७८/७९ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने सो प्रतिवेदनले औंल्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा २०७६/७७ मा २.२८ प्रतिशतमै सीमित रह्यो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण