एमाले कार्यदलको बैठक स्थगित
नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो ।
आजलाई तय गरेको बैठकमा सवै सदस्य सहभागी असम्भव भएकाले बिहीबार बेलुका ५ बजे बस्नेगरी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।
‘हामीले आन्तरिक छलफल गर्यौ । छलफलमा सबै सदस्य सहभागी भएर मात्रै बैठक बस्दा राम्रो भन्ने ठहर रह्यो । आजको बैठकमा शंकर कमरेड आइपुग्न नसक्ने भएकाले भोलिलाई राखियो’, नेम्वाङले भने, ‘भोली ५ बजे बैठक बसेर अघि बढ्छ ।’
आइतबार गठित कार्यदलले तीन दिनभित्र काम सक्ने बनाइएपनि बैठक बस्नै सकस पर्दै आएको छ । कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । सो दिनको बैठकले पार्टी पङ्क्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आव्हान गरेको थियो ।
कार्यदलमा अध्यक्ष ओली र माधव नेपाल पक्षका ५–५ जना नेता रहेका छन् । जसमा ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । उता, वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण