तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात
तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ ।
नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।
पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।
चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाका अनुसार चिनियाँ क्षेत्रमा नेपाली न्यापारीले हजारौँ सङ्ख्यामा अक्सिजन सिलिन्डर ल्याउन लागेको जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण