लेडी गागाले रुँदै भनिन्- ‘१९ वर्षमै बलात्कार गरे, गर्भवती भएँ’
एजेन्सी । अमेरिकी गायिका लेडी गागाले बलात्कारको शिकार भएर आफु गर्भवती बनेको खुलासा गरेकी छिन् । बलात्कारको शिकार हुँदा उनी १९ वर्षकी थिइन् र एक संगीत प्रोड्युसरले यस्तो अपराध गरेका थिए । कपडा खोल्न नमाने म्युजिक एल्बमहरू नै जलाइदिने चेतावनी ती प्रोड्युसरले दिएका थिए । ‘उनले बलात्कारपछि कुनामा लगेर छाडे, म वान्ता गरिरहेको थिएँ र बिरामी थिए ।’
वर्षौंपछि यस चोटका कारण आफुमा पूर्णत मानसिक समस्यामा देखिएको उनले बताइन् । यस पीडाबाट मुक्त हुन आफुलाई धेरै समय लागेको उनले बताइन् । ‘म त्यसपछि पहिलेजस्तो केटी रहिन । मैले धेरै एमआरआई र स्क्यानहरु गरे । तर एकपटक दुर्व्यवहार भएपछि शारीरिक र मानसिक रुपमा ठूलो पीडा हुने रहेछ,’ उनले भनिन् ।
यद्यपि लामो प्रयासपछि आफुलाई सम्हाल्न सिकेको र बिस्तारै परिवर्तित भएको उनले बताइन् । ३५ वर्षीय गागाको वास्तविक नाम स्टेफानी जेर्मानोट्टा हो । ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा गागाले यस्तो खुलासा गरेकी हुन् ।
आफूमाथि भएको दुर्व्यवहारका विषयमा बताइरहँदा उनी रोएकी थिइन् । आफ्नो संगीत करियरको सुरुवातमा यस्तो नमिठो घटना भएको थियो । लेडी गागा विश्वमा सबैभन्दा धेरै रुचाइएकी गायिकामध्ये पर्छिन् । उनले १२ पटक ग्रेमी अवार्ड जितिसकेकी छिन् भने गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा पनि थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण