'निर्वाचनमा जाँदा आकाश खस्दैन'
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना (कोभिड–१९) विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पारे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराए ।
सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गरे । उनले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण