सेयर बजारमा चलखेल नगर्न आग्रह
पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ ।
कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख १६ गतेयता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन, यस्ता अभिव्यक्ति पनि नदिन सरोकारवाला पक्षहरुलाई सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।
विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयर हरू खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अन्तर्वार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न बोर्डले ध्यानाकर्षण गराएको हो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण