भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा, ९ हजार बढी बिरामी भेटिए
कोरोना कहरबीच म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस खतरनाक रुपमा फैलिदै गएको छ । गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेश समेत गरी भारतका १५ राज्यमा अहिलेसम्म ब्ल्याक फङ्गसका कुल ९ हजार ३ सय २० बिरामी भेटिएका छन् । २ सय ३५ जनाको ज्यान गइसकेका छ । सबैभन्दा धेरै ५ हजार बिरामी गुजरातमा भेटिएका छन् । यस संक्रमणका कारण केही बिरामीको आँखा निकाल्नुपरेको छ ।
हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको महामारी घोषणा गरिएको थियो । त्यसपछि राजस्थान र अहिले १५ वटा राज्यमा महामारी घोषणा भइसकेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, चन्डीगढ, हिमान्चल प्रदेश, ओडिशा, कर्नाटक, तेलांगाना र तमिलनाडुमा संक्रमणको महामारी घोषणा गरिएको हो ।
विज्ञहरुले ब्ल्याक फङ्गसबाट बच्नका लागि डायबिटिजलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन् । मेदान्ता अस्पतालका अध्यक्ष डाक्टर नरेश त्रेहले नाकमा दुखाई, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने लक्षण देखिएमा तत्काल उपचार गराउन सल्लाह दिएका छन् । उनका अनुसार ब्ल्याक फङ्गसको नियन्त्रणका लागि स्टेरोइडको प्रयोग सही तरिकाले गर्ने र डायबिटिजलाई नियन्त्रणमा राख्न सक्नुपर्छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
