भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा, ९ हजार बढी बिरामी भेटिए

कोरोना कहरबीच म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस खतरनाक रुपमा फैलिदै गएको छ । गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेश समेत गरी भारतका १५ राज्यमा अहिलेसम्म ब्ल्याक फङ्गसका कुल ९ हजार ३ सय २० बिरामी भेटिएका छन् । २ सय ३५ जनाको ज्यान गइसकेका छ । सबैभन्दा धेरै ५ हजार बिरामी गुजरातमा भेटिएका छन् । यस संक्रमणका कारण केही बिरामीको आँखा निकाल्नुपरेको छ ।
हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको महामारी घोषणा गरिएको थियो । त्यसपछि राजस्थान र अहिले १५ वटा राज्यमा महामारी घोषणा भइसकेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, चन्डीगढ, हिमान्चल प्रदेश, ओडिशा, कर्नाटक, तेलांगाना र तमिलनाडुमा संक्रमणको महामारी घोषणा गरिएको हो ।
विज्ञहरुले ब्ल्याक फङ्गसबाट बच्नका लागि डायबिटिजलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन् । मेदान्ता अस्पतालका अध्यक्ष डाक्टर नरेश त्रेहले नाकमा दुखाई, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने लक्षण देखिएमा तत्काल उपचार गराउन सल्लाह दिएका छन् । उनका अनुसार ब्ल्याक फङ्गसको नियन्त्रणका लागि स्टेरोइडको प्रयोग सही तरिकाले गर्ने र डायबिटिजलाई नियन्त्रणमा राख्न सक्नुपर्छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित, बजेटका सिद्धान्त र प्राथमिकता पेस
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत