समय सन्देश
शनिबार, ०८ जेठ २०७८, १६ : ४८
कुनै दिन त कोरोना घटी जानेछ
त्रासको कालो बादल हटी जानेछ ।
खुल्ला हावामा खेल्न अनि घुम्न पाइनेछ
सृष्टिको सुन्दरता चुम्न पाइने छ ।
समानताको पाठ अनि मानवताको धर्म
सिक्दैछ मानिस हेर परोपकारी कर्म ।
चेतनाको फल अनि एकताको बल
स्वस्थ जीवन रहेछ यो विपत्तिको हल ।
घाउ भए पनि यहाँ मलम त छ नि
प्यास भए पनि यहाँ छ है इनार पनि ।
अनुशासित, कर्मवीर बास्ना मगमग,
संयम अपनाऔँ कर्म गरौँ जीवन जगमग ।
आयाम गौतम
कक्षा–६
ललितपुर माध्यमिक विद्यालय, लगनखेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण