संसद विघटन पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी: प्रचण्ड
नेकपा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गत पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध तथा भर्त्सना गरेका छन् ।
प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दावी गरेपनि उनलाई प्रधानमन्त्री नियुक्त नगरेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेको भन्दै प्रचण्डले आक्रोश पोखेका छन् ।
प्रचण्डले संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्धमा कानूनी र राजनैतिक सबै प्रकारको संघर्ष गरिने उल्लेख गर्दै सहयोगका लागि सबै अग्रगमन पक्षधरहरुमा अपील गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण