शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दीपकराज गिरी लेख्छन्–‘पार्टीको झोला जसले बोक्यो त्यसको आँखा अन्धो, कान बहिरो !’

आइतबार, ०९ जेठ २०७८, १३ : ३८
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेको बिषयमा चौतर्फी आलोचना भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट चालिएको कदमको सत्तासीन नेकपा एमालेका केही नेता बाहेक सबैले निरंकुश, असंवैधानिक र प्रतिगमन भएको बताउँदै आएका छन् ।

नेकपा एमाले ओली निकट केही व्यक्तिले भने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई सहि र समय सान्दर्भिक भएको समेत बताउँदै आएका छन् । त्यस्ता ब्यक्तिहरुप्रति कलाकार दीपकराज गिरीले तिखो ब्यङ्ग्य गर्दै प्लास्टिकको झोलाभन्दा खतरनाक पार्टीको झोला भएको बताएका छन् ।

समसामयिक र राजनीतिक बिषयमा सँधै घुमाउरो पारामा तिखो ब्यङ्ग्य गर्दै आएका दीपकले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्लास्टिकको झोला भन्दा खतरनाक रहन्छ पार्टीको झोला, जसले बोक्यो त्यसको आँखा अन्धो ! कान बहिरो ! ! बुद्धिमा ढकन ! ! ! ।’ उनले अहिले प्लास्टिकको झोलाभन्दा पार्टीको झोला त्याग्नुपर्ने धारणा समेत अगाडि सारेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप