जसपामा कारबाही होडबाजी
फुटनजिक पुगेको जनता समाजवादी पार्टी ९जसपा० विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो ।
विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।
तर, जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् ।
पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
यादव समूह कार्यकारिणी समिति बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।
पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै÷गराउँदै हिँड्ने अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ ।
त्यस्तै, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने स्पष्ट गरिएको’ खतिवडाले बताए ।
उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न अन्यबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।
शनिबार र आइतबार बसेको बैठकले पार्टी कार्यकारिणी समिति बैठक बोलाउने र निर्णय प्रमाणितलगायत अधिकार अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकले पार्टी संसदीय दलको विधान अझै अनुमोदन नगरेकाले ‘कोही पनि दलको नेता चयन भएको खबर अफवाह भएको’ पनि जनाएको छ ।
यसैगरी, कर्ण र शुक्ल सदस्य रहेको कुनै कार्यदल नबनाइएको पनि स्पष्ट पारिएको छ । ठाकुर र महतो समूहले सरकारसँगको सहमतिअनुसार कर्ण र शुक्ल सदस्य रहनेगरी संविधान संशोधन कार्यदल गठन गराएपछि यादव समूहले कुनै कार्यदल नबनेको जनाएको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण