बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘सुपर डान्सर ४’ को सेटमा फर्किइन् शिल्पा

सोमबार, १० जेठ २०७८, १९ : ४६
सोमबार, १० जेठ २०७८

मुम्बई । अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा लोकप्रिय डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । परिवारमा आइपरेको अप्ठ्यारोमा साथ दिन शो बाट बाहिर रहेकी शिल्पा शोमा जजकै रुपमा फर्किएकी हुन् ।

शो हमेसा मनोरञ्जनले भर्दै सबैको रोजाइमा पर्दै आएकी शिल्पाले जब शोबाट ब्रेक लिएकी थिइन् । प्रतियोगी बच्चा तथा शोमा सहभागी सबैले उनलाई धेरै मिस गरेका थिए । सबै शोमा उनी फर्किने समयको प्रतिक्षामा रहेका थिए ।

‘म सुपर डान्सर ४’ को सेटमा फर्किएर निकै खुसी छु’ शिल्पाले ‘सुपर डान्सर ४ ’ को सुटिङलाई लिएर उत्साहित हँुदै भनिन् ‘प्रतियोगी बच्चा र शोका सबै टिम मेम्बर मेरा परिवार हुन् । सबैलाई मैले सम्झिएको थिए ।’ उनले शोमा केटाकेटीका अविश्वसनीय प्रतिभा देख्न पाउनु आफ्ना लागि सम्मानको कुरो भएको समेत सुनाएकी थिइन् । शिल्पा शोको अलवा फिल्म ‘निकम्मा’ र ‘हंगामा २’मा पनि देखिनेछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप