बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रणवीरले किने ३.१५ करोडको कार

मङ्गलबार, ११ जेठ २०७८, ११ : २८
मङ्गलबार, ११ जेठ २०७८

मुम्बई । अभिनेता रणवीर सिंह कारका गाडीका सौखिन  रहेका छन् । उनको ग्यारेजमा बिभिन्न मोडलका कारहरु रहेका छन् । 

रणवीरले अहिले फेरि नयाँ कार किनेका छन् । उनले किनेको कारको नाम लेम्बोर्गिनी युआरयुएस एसभियु हो । जसको मुल्य ३.१५ करोड रहेको छ । 
लेम्बोर्गिनी युआरयुएस एसभियु कार हालै मात्र भारतमा लन्च गरिएको हो । कारको स्पिड १०० किलोमिटर प्रति रहेको छ । यसको टप स्पीड ३०५ प्रतिकिलोमिटर रहेको छ ।

रणवीरले यस अगाडि २०१९मा रातो कलरको लेम्बोर्गिनी उरुस कार किनेका थिए । यसको अलवा रणवरिुसँग मर्सिडीज बन्ज, जीएलएस, एस्टन मार्टिनर्यापिठ एस, ल्याण्ड रोवरलगायत थुप्रै कार रहेका छन् ।
कामको कुरा गर्ने हो भने रणवीर फिल्म ‘८३’मा देखिनेछन् । 

फिल्म १९८३ मा क्रिकेट वल्र्डकपमा आधारित रहेको छ । रणवीर कपिल देवको भुमिकामा देखिँदै छन् भने दीपिका उनकी श्रीमती रोमी देवीको भुमिकामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप