बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

३८ वर्षका भए राजा हिन्दूस्तानीका ‘छोटा रजनीकान्त’, आज जन्मदिन

मङ्गलबार, ११ जेठ २०७८, १२ : २३
मङ्गलबार, ११ जेठ २०७८

१९९६ मा रिलिज भएको फिल्म राजा हिन्दूस्तानी आज पनि दर्शकहरुको मनमा बसेको छ । यो फिल्म दर्शकहरुलाई खुबै मन परेको थियो ।

फिल्ममा आमिर खान र करिश्मा कपूर लिड रोलमा छन् । यही फिल्ममा आमिर खानको ट्याक्सी पार्टनरको भूमिका निभाएका एक बालकलाकार पनि निकै चर्चित बने । रजनीकान्त नामक ती पात्रको भूमिका कुणाल खेमूले निभाएका थिए । यी बालकलाकार अहिले निकै ठूला भइसकेका छन् र अभिनयमा पनि जमिरहेका छन् ।

राजा हिन्दूस्तानी सुपर हिट भएको थियो र यसले सिनेमाघरहरुमा धेरै रेकर्ड बनाएको थियो ।

कुणल खेमू अभिनित ‘जख्म’ पनि निकै चलेको थियो । यो चलचित्रमा उनले अजय देवगनको बाल्यकालको भूमिका निभाएका छन् ।

कुणालले वयस्क भएपछि कलयुग, ढोल र ट्राफिक सिग्नलजस्ता फिल्म खेले । केही समयअघि मात्रै उनी अभिनित लुटकेस प्रदर्शनमा आएको थियो ।

तर, बाल्यकालको जस्तो प्रशंशा उनलाई जवानीमा मिलेन । बाल्यकालकै कुरा गर्ने हो भने ‘राजा हिन्दूस्तानी’ मा उनको अभिनयले झन्डै आमिर खानलाई नै छाँयामा पारेको थियो । समिक्षकदेखि सर्वसाधारणले उनकै प्रसंशा गरेका थिए । 

अहिले कुणाल पटौदी खानदानका ज्वाँई हुन् । उनले सर्मिला टैगोरकी छोरी तथा सैफ अली खानकी बहिनी सोहा अली खानसँग बिहे गरेका छन् । २०१५ मा विवाह गर्नुअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप