कोरोनामुक्त भएपछि बिरुवा रोप्दै कंगना
बुधबार, १२ जेठ २०७८, १६ : ४६
भर्खरै मात्र अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भइन् । यसपछि उनी हिमाञ्चल प्रदेशको मनालीस्थित घरमा फर्किएकी छिन् ।
अहिले कंगना रनावत आफ्नो घरमा परिवारसँग समय बिताइरहेकी छिन् ।
कंगनाले केही फोटोहरु सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममार्फत सार्वजनिक यी फोटोमा उनी बिरुवा रोप्दै गरेको अवस्था देखिन्छिन् । कंगनाले आफ्नो घरको आँगनमा बिरुवाहरू रोपेकी हुन् । उनले अन्य मानिसहरुलाई पनि रुख रोप्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमा कंगना निकै सक्रिय रहन्छिन् । धेरैपटक उनले सामाजिक सञ्जालमार्फत विवादास्पद बयान दिएकी छिन् । उनी कहिले चर्चा र प्रशंशा बटुल्छिन् त कहिले ट्रोलको शिकार पनि भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण