खोप व्यवस्थापनका लागि राष्ट्रपतिको पहल : चीनलाई फोन, भारतलाई पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् ।
उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् ।
चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको’ बताएका छन् ।
नेपाल–चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्धजयन्तीसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनबारे पनि भण्डारी र सीबीच छलफल भएको छ ।
यसअघि, मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई ‘कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन’ अनुरोध गरेकी थिइन् ।
समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै उनले ‘नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन’ आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए ।
पत्रमा यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवादसमेत दिइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण