बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

बुधबार, ३१ असार २०८३, ११ : ४०
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
  • यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप