कालीमाटी तरकारी बजार भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू
देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लगानी गरेको हो ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको समयमा पनि बजारमा भीड कम नभएपछि कालीमाटी बजार विकास समितिले ढुवानीका गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको जानकारी दिए ।
बजारमा तरकारी खरिद गर्न आउने सवारी साधनका कारण हुने भीडभाडलाई कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गरिएको श्रेष्ठले जानकारी दिए ।
बजारमा जोर–बिजोर लागू भएसँगै भीडभाड केही घटेको उनको भनाइ छ । उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका सवारी साधन चल्नेछन् । यो नियम कालीमाटीमा भित्रिएको तरकारी खरिद गर्न आउने सवारी साधनमा मात्रै लागू हुनेछ । कालीमाटी बजारमा तरकारी लिएर भित्रिने सवारी साधनमा भने यो नियम लागू नहुने समितिले स्पष्ट पारेको छ । समितिका अनुसार कालीमाटीमा तरकारी लिन जाने पाउने सवारीहरू बिहान ८ः०० बजेभित्र बजार प्रवेश गरिसक्नु पर्नेछ, त्यसपछि प्रवेश गर्न पाइने छैन ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण