सेती अस्पतालमा सङ्क्रमितको मृत्यु शून्य
सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो ।
अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५ को सघन उपचार कक्ष,२५ जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ ।
यस वाहेक मोड्रेट केशका चार र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ भने छ जना भर्ना हुनु भएको छ । यसै बीच आज सुदूरपश्चिम प्रदेशभर नौ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कञ्चनपुर र कैलालीका चार/चार तथा अछामका एक सङ्क्रमितको मृत्यु भएको हो । पछिल्लो २४ घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७ नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९ उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।
प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण