बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

'कोरोना देवी' को पूजा

शुक्रबार, १४ जेठ २०७८, ०७ : २३
शुक्रबार, १४ जेठ २०७८

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा 'कोरोना देवी' का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ । 

भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन् । 

तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ । तर, सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका 'कोरोना देवी' का मूर्तिलाई पूजा गरिरहेका छन् । 

उनीहरुले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन् । 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप