सडकमा लड्डु बेच्दै यी चर्चित अभिनेता भन्छन्– लकडाउन खुलेपछि फेरि काममा लाग्नेछौं
एजेन्सी । कोरोनाका कारण सिर्जित लकडाउनले मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतीय सिने जगत यसबाट विमुख छैन । यहाँ धेरै मानिसहरु आर्थिक कमजोरीको सामना गरिरहेका छन् । अहिले वेव सिरीज मिर्जापुरमा गुड्ड भईयाका बाबुको भूमिका निभाउने अभिनेता राजेश तैलंग एक भाइरल तस्विरका कारण चर्चामा छन् ।
यस तस्विरमा उनले सडकमा लड्डु बेचिरहेको देखिन्छ । राजेशले आफ्नो सोशल मिडिया एकाउन्टमा पनि यो फोटो शेयर गरेका छन् । उनले लकडाउन र कोरोनालाई लिएर टिप्पणी पनि गरेका छन् ।
तस्विरमा राजेशले लेखेका छन्, ‘लकडाउन खुलोस् । कोरोना जाओस्, तब फेरि काममा लाग्नेछौँ ।’ तस्विरमा उनी सडकमा राम लड्डु बेचिरहेको अवस्थामा देखिन्छन् ।
लकडाउनका कारणले धेरै कलाकारहरु आर्थिक समस्यामा छन् । तर रोश तैलंग साँच्चै आर्थिक समस्याका कारण यो काम गरिरहेका छन् वा सुटिङका दौरान भन्ने स्पष्ट भएको छैन । राजेशले वेव सिरीजहरुमा उत्कृष्ट अभिनय गर्ने गरेका छन् । मिर्जापुरबाहेक दिल्ली क्राइम, क्र्याकडाउनलगायत सिरीजहरुमा उनी देखिइसकेका छन् । उनले धेरै फिल्महरूमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण