६६ वर्षका भए अभिनेता परेश रावल
भारतका दिग्गज फिल्म अभिनेता परेश रावल ६६ वर्षको लागेका छन् । आज ३० मे उनको जन्मदिन हो । पछिल्लो ३५ वर्षदेखि लगातार उनले दर्शकहरुलाई मनोरञ्जन दिदैं आएका छन् । उनी फिल्म निर्माता, अभिनेता र कमेडियनसँगै राजनीतिज्ञ पनि हुन् । २०१४ देखि २०१९ सम्म उनी अहमदाबादबाट भारतीय जनता पार्टीका सांसद् थिए ।
उनी नरेन्द्र मोदीका ठूलो समर्थक पनि मानिन्छन् ।
यी भूमिका सधैं चर्चामा
उनले धेरै फिल्महरूमा जीवन्त अभिनय गरेका छन् । चाहे त्यो ‘हेरा फेरी’ को बाबुराव गणवतराव आप्टेको भूमिका होस् वा ‘वेलकम’ मा डाक्टर घुंघरुको होस् । गोलमाल फन अन लिमिटेड फिल्ममा उनले अन्धोपन भएका एक वृद्धको भूमिका निभाएका छन् । भागम भाग फिल्ममा पनि उनको अभिनयलाई धेरै प्रशंसा गरेका छन् । यस फिल्ममा उनी चम्पक अर्थात् चम्पू चतुर्वेदी नामक पात्रको भूमिकामा छन् ।
‘ओ माई गड’, ‘भूल भुलैया’ लगायत फिल्ममा पनि उनको अभिनयको ठूलो तारिफ भएको थियो । विभिन्न साना–ठूला भूमिका समेत जोड्दा उनले अहिलेसम्म २ सय ६० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण