‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा निधन
एजेन्सी । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भूमिकाबाट चर्चित अभिनेता जो लाराको निधन भएको छ । ५८ वर्षीय लाराको शनिबार विमान दुर्घटनामा निधन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो । दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको हो
लारा श्रीमती र अन्य ५ मानिससँग सानो विमानमा यात्रा गरिरहेका थिए । सोही विमान दुर्घटना भएको रेस्क्यु टिमले जनाएको छ । टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ । लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न : द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । यो सिरिज १९९६ देखि १९९७ सम्म चलेको थियो । यो अभिनयबाट लाराले तारिफ समेत पाएका थिए ।
लाराले २००२ मा संगीतमा करियर बनाउन अभिनयबाट बिदा लिएका थिए । त्यतिबेला उनी अभिनय करियरमा चर्चामै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण