आज संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुनेबारे निर्णय भएन
सोमबार, १७ जेठ २०७८, २० : ४४
काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुने अथवा बस्नेबारे सोमबार निर्णय हुन सकेन । प्रतिनिधिसभा विघटन मुद्दाको पेशी स्थगित गरिएको हुनाले आज त्यसबारे निर्णय हुने अपेक्षा गरिएको थियो । तर, साँझसम्म त्यसबारे कुनै निर्णय नभएको सर्वोच्च अदालतका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । इजलास बस्नुअघि न्यायाधीशहरूले बेन्च छाड्ने वा नछाड्ने भन्नेबारे निर्णय हुने बताइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बेन्चमा बस्ने वा अलग हुनेबारे निर्णय गर्ने अधिकार न्यायाधीशलाई भएको संकेत गर्दै भनेका थिए–‘श्रीमानहरुले के भन्नुहुन्छ ?’ न्यायाधीशहरूले त्यसबारे कुनै निर्णय नगरेको सर्वोच्चका ती अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण