शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

मङ्गलबार, १८ जेठ २०७८, ०९ : ३२
मङ्गलबार, १८ जेठ २०७८

बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ । 

बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिएका छन् ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । यहाँ पटक पटक बाघको आक्रमणबाट मानिसको ज्यान जाने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप