शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

शनिबार, ०२ साउन २०८३, १२ : ४८
शनिबार, ०२ साउन २०८३

काठमाडौँ । नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् । 

एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको ‘हजारौँमा एक’ रहस्य र अलौकिक कल्पनामा आधारति रहेको निर्माण पक्षले जनाएको छ । उच्चस्तरीय निर्माण शैली अपनाइने फिल्मले नयाँ मानक स्थापित गर्न सक्ने लक्ष्य राखिएको छ । 

फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् । उनी यो फिल्मकी प्रस्तुतकर्ता समेत हुन् । दीपेन्द्र गौतम 'माइकल' कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने छायांकन हरि हुमागाईंले गर्ने तय भएको छ । 

फिल्मको मूल भाषा नेपाली रहने भएपनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले हिन्दी र मलयालममा समेत डबिङ गरिने जनाइएको छ । फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारत केरलाको मलयालम फिल्म उद्योगसँग आबद्ध छन् । मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी फिल्मको फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा दिइने भएको छ ।  मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकहरूको समेत ‘हजारौँमा एक’ मा सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिए ।  

फिल्मको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य लेखक शान बस्नेतले गरिरहेका छन् । छायाङ्कन आगामी फागुनदेखि सुरू गर्ने तयारी भइरहेको छ ।

निर्माण पक्षका अनुसार फिल्मको प्रमुख भूमिकामा नेपाली कलाकारहरू रहनेछन् भने  छायांकन, संगीत र अधिकांश प्राविधिक टोली पनि नेपाली नै रहनेछन् । फिल्मको अनुमानित लागत चार करोड रुपैयाँ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप