बजेटको व्यवस्थाअनुसार राजस्व विभागद्वारा कर छुट दिन शुरु

बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३ सम्म मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका, व्यवसायीको आम्दानी अनुसारको आयकरमा छुट लगायतको विशेष व्यवस्था छ ।
सोही व्यवस्थालाई आन्तरिक राजस्व विभागले कार्यान्वयन गर्न थालेको हो । विभागले आर्थिक अध्यादेशबाट प्रदान गरिएको कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जारी भएको मिति २०७८ जेठ १५ गतेदेखि लागू भएको जनाएको छ ।
मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिइ कर तिरेमा कर छुट तथा सहुलियत हुने विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । सेवाग्राहीले आन्तरिक राजस्व विभाग तथा करदाता कार्यालयमा सम्पर्क गरेर सुविधा लिन सकिने विभागको भनाइ छ । तर दफा २८ को कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा ९० प्रतिशतसम्म छुट दिने व्यवस्था भने आगामी साउनदेखि लागु हुने विभागले स्पष्ट पारेको छ ।
यस दफाको उपदफा १ मा २० लाख रुपैयाँ सम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था छ भने उपदफा दुईमा २० लाखदेखि माथि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत कर
छुटको व्यवस्था गरिएको छ ।
यस्तै उपदफा ३ मा एक करोडसम्म कारोबार भएको व्यवसायीले आयकरमा ५० प्रतिशत छुट र उपदफा ४ मा होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।
तर, पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधि तीन वर्ष थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार